१० कार्तिक २०८३, मंगलबार

एमाओवादी मोर्चा सहमतिमा नआए प्रक्रियाबाटै संविधान जारी हुन्छ : अग्नि खरेल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Agni-Kharelदमक, ४ फागुन । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक अग्नि खरेलले मुलुकलाई विखण्डित गर्न जातीय राज्यहरुको आवश्यक नरहेको बताउनुभएको छ ।

प्रेस चौतारी झापाले सोमबार दमकमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले मुलुकलाई दीर्घकालीन रुपमा आघात पर्ने गरी जातीय राज्यको आवश्यकता नरहेको बताउनुभयो ।

उहाँले संविधान मस्यौदा समितिअन्तगर्तको प्रश्नावली समितिका संयोजकसमेत रहनुभएका खरेलले सबै विवादित विषयमा प्रश्नावली तयार गरी संविधानसभामा पेस भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चा सहमतिमा नआए प्रक्रियाबाटै संविधान जारी हुन्छ ।”

सबैको सहमतिमा संविधान बनाउन सहमतिको प्रयास गरेपनि एमाओवादी नेतृत्वको मोर्चा आलटाल गरी समय खेर फालेको उहाँको भनाइ थियो ।