-अनिल खत्री
गुल्मी ४ फागुन । नेकपा एमालेका केन्द्रीय सचिव एवं पुर्वमन्त्री गोकर्णराज बिष्टले संविधान निर्माण प्रक्रियामा अवरोध पु¥याउनेलाई तह लगाएरै संविधान जारी गरिने बताउनुभएको छ ।
जनमतको सम्मानमा आँच आउने गरी संविधान निर्माण कार्यमा अवरोध गरे नेकपा एमालेले तह लगाउने बताउनुभएको हो । उहाँले जनताको समस्याको समाधान सडकले मात्र गर्न नसक्ने बताउनुभयो ।
गाउँमा सडक पुर्याएर मात्र नहुने भन्दै आधारभुत तहका जनतालाई समेत गाडिमा भाडा तिरेर यात्रा गर्न सक्ने बनाउन जनताको जिवनस्तरमा सुधार ल्याउनु आवश्यक रहेकोमा जोड दिनुभयो । त्यसको लागी आफ्नो पहलमा गुल्मी क्षेत्र नं. ३ का ६ वटा गाविसमा काम गर्ने गरी हेफरले काम सुरु गरेको र आगामी दिनमा अन्य गाविसमा कृषि, पशुपालन लगायतका उद्यमशिलता तथा रोजगार प्रबद्र्धनका काम गर्र्नेे गरी गरिबी निवारण कोष लगायतका निकायबाट कार्यक्रम ल्याएर जनताको जिवनस्तरमा सुधार ल्याईने उहाँले बताउनुभयो ।
नेकपा एमाले गुल्मी क्षेत्र नं. ३ ले जिल्लाको नेटामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता बिष्टले यस्तो बताउनु भएको हो । जनताको अपेक्षा अनुसारको संविधान जारी गर्न सहमति आवश्यक भएकाले एकीकृत नेकपा माओवादी सहित ३१ दलिय मोर्चालाई सडकबाट समस्याको समाधान नहुने भएकाले तत्काल संविधान निर्माण कार्यमा लाग्न आवश्यक सहमतिको प्रक्रियामा आउन आग्रह गर्नुभयो ।
सकेसम्म सहमतिबाटै संबिधान निर्माणका लागि एमालेले प्रयत्न गरिरहेको बताउँदै संविधान निर्माणको अहम् जिम्मेवारी पुरा गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । गुल्मी क्षेत्र नं. ३ का सभासद् समेत रहनुभएका नेता बिष्टले पहिलो संबिधानसभाले जस्तै यो संविधानसभाले पनि संविधान नबनाएर गल्ती नदोहोर्याउने दाबी गर्दै अबकेही समयमा सकेसम्म सहमतिबाटै र सहमति नभए बिधि र प्रक्रियाबाट भएपनि सबै जाति, भाषा, धर्म, सँस्कृतिमा आम नेपालीले आफनो महसुस गर्ने संबिधान जारी हुने ठोकुवा समेत भयो ।
नेता बिष्टले हिमाल, पहाड र तराईलाई छुट्टाएर संघियतामा जान नसकिने बताउनुभयो । हिमाल, पहाड र तराईका जनताको भावनालाई जोडेर संघीय प्रदेश बनाउनुपर्नेमा उहाँको जोड छ । हिमाल, पहाड र तराईको अन्तरसम्बन्धलाई छुट्टाएर संघिय प्रदेश निर्माण भए जनतामा बिभेद आउने र सन्तुलित ढंगले देशको विकास कार्य पनि अगाडी नबढ्ने बताउनुभयो ।
नेता बिष्टले आफनो निर्वाचन क्षेत्रमा चुनावमा जनतासंग गरिएका सबै प्रतिबद्धताहरु पुरा गर्ने बताउनुभयो । चुनावमा गरेका प्रतिबद्धताहरु कतिपय सुरुवात भईसकेको र कतिपय प्रक्रियामा लगिएको बताउदै पाँच बर्ष भित्र सबै वाचा पुरागर्ने बताउनुभयो । आफनो क्षेत्रमा ठुला–ठुला योजनाहरु अन्र्तगत तम्घास–छल्दी पनाहा–सिमलटारी–पुर्कोटदह–प्युठान मोटरबाटो पक्की गर्ने काम सुरु भएको बताउनुभयो ।
बिष्टले अब क्षेत्र नं. ३ का २८ वटै गाविसका जनतालाई केहि समयमै बिद्युत सेवा प्रदान गरिने, उच्च स्थानमा रहेका खानेपानिबाट बञ्चित १२ वटा स्थानमा लिफ्टिङ्ग खानेपानी मार्फत जनतालाई सुविधा पु¥याउने, छल्दीपनाहा–ठाडढुङ्गा–ईस्मा–अर्जै हुदै बाग्लुङ्ग जोडने मोटरबाटोको स्तर उन्नती गर्ने र ९ वटा स्वाथ्य चौकीलाई उच्च स्तरीय सुविधा सम्पन्न भवन निमार्ण कार्य यसै आर्थिक बर्षभित्र गरिने बताउनुभयो ।
देशको भौगोलिक अवस्था र आर्थिक स्थिति कमजोर भएकाले सोचे अनुसार तुरुन्त विकास गर्न नसकिएको बताउनुभयो । नेकपा एमाले क्षेत्र नं. ३ क्षेत्रिय किमटीले एक हप्ता सम्म बिभिन्न स्थानमा जनतासंग भेटघाट, सम्मान तथा बिभिन्न कार्यक्रममा सहभागिताको लागी केन्द्रिय सचिव एबं पुर्व मन्त्री गुल्मी क्षेत्र नं. ३ का सभासद् गोकर्णराज बिष्टलाई क्षेत्र भ्रमण कार्यक्रम आयोजना गरेको हो ।
















प्रतिक्रिया