२ कार्तिक २०८३, सोमबार

खुल्ने भयो लमजुङको चितीमा जनकल्याण क्याम्पस (फोटो फिचरसहित)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chiti-Mahendra-Panday

लमजुङ, ४ फागुन । पूर्वी लमजुङमै पहिलोपटक चिती गाविसमा क्याम्पस खुल्ने भएको छ ।

चितीको तिलाहारस्थित जनकल्याण उच्च माध्यमिक विद्यालयमा क्याम्पस खोल्न लागिएको हो । विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर गरिएको कार्यक्रममा विभिन्न व्यक्तिले क्याम्पस खोल्नका लागि ५७ लाख ४३ हजार ८ सय २३ रुपैंया चन्दा दान गरेकाले क्याम्पस खोल्ने निश्चित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर कमलीले जानकारी दिनुभयो ।

Chiti2

उहाँका अनुसार, क्याम्पस संचालनका लागि बैंकर तथा स्थानीय समाजसेवी गोविन्दबाबु तिवारीको अध्यक्षतामा स्नातक व्यवस्थापन समिति बनेको छ । समितिले तत्कालै क्याम्पस खोल्नका लागि कार्य प्रारम्भ गर्ने भएको समितिका सहसचिव शिवप्रसाद जोशीले जानकारी दिनुभयो । स्वर्णजयन्तीमा अपेक्षा भन्दा धेरै उपस्थिति जोशीले बताउनुभयो । उहाँका अनुसार, अहिले पनि विदेशबाट सहयोग रकम विद्यालयका नाममा आउने क्रम जारी रहेको छ ।

Chiti3

क्याम्पस खोल्नका लागि आयोजित कार्यक्रम तथा स्वर्णजयन्तीको माघ २० गते परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले उद्घाटन गर्नुभएको थियो । छ दिनसम्म चलेको कार्यक्रममा चिती र आसपासका बासिन्दाले व्यापक रुपमा चन्दा दान गरेका हुन् । चन्दा अभियान आगामी एकबर्षसम्म संचालन गरिने जिल्ला विकास समिति लमजुङका पूर्वसदस्य एवं युवा नेता राजकुमार विष्टले जानकारी दिनुभयो ।

Chiti1

स्वर्णजयन्ती र क्याम्पस संचालन अभियानलाई सफल पार्न लमजुङका सभासद्द्वय जमिन्द्रमान घले र टुका हमाल, एमाले अध्यक्ष धनञ्जय दवाडी, योजना आयोगका सल्लाहकार डा होममूर्ति पन्त, डा. नारायणी तिवारी, नेपाल सरकारका पूर्वसचिव डा. गणेश जोशी र रामकृष्ण तिवारी, चिती गाविसका पूर्वअध्यक्ष फुलबहादुर थापा र शम्भु जोशी, सिभिल बैंकका महाप्रबन्धक गोविन्द गुरुङ, चिती सेवा समाजका अध्यक्ष विजयराज जोशी, उपाध्यक्ष बच्चु पाण्डे, सचिव प्रमोदनिधि तिवारी, दैनिक नेपाल डटकमका सम्पादक एवं प्रेस चौतारी नेपालका केन्द्रीय सचिव गणेश पाण्डे, प्रेस चौतारी लमजुङका अध्यक्ष ईश्वर पाण्डे, कृषक जागरण सहकारीका अध्यक्ष प्रेमबहादुर घले लोकगायक राजु परियारको कलाकार टोलीसहित चिती पुगेका थिए । कार्यक्रममा चितीमा जन्मेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।

Chiti6

क्याम्पस खुल्ने भएपछि चिती र आसपासको क्षेत्रमा रौनक छाएको स्थानीय अगुवा स्थिरबाबु घिमिरेले जानकारी दिनुभयो । आर्थिक अभावका कारण बीचमै पढन् छोड्न बाध्यहरुलाई गाउँमै क्याम्पस खुल्ने भएपछि राहत मिल्ने उहाँले बताउनुभयो ।