२ कार्तिक २०८३, सोमबार

यी हुन् यौनधन्दा गराउने होटेल, रेस्टुरेन्ट !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahila-Sex

गौशाला, ४ फागुन । महोत्तरीको जलेश्वरमा रेस्टुरेन्ट सञ्चालन गरी अश्लील क्रियाकलाप गराउने गरेको आरोपमा प्रहरीले गएराति रेस्टुरेन्ट सञ्चालकसहित पाँचजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रेस्टुरेन्ट सञ्चालक भारत विहारको सुरसण्ड विरख घर भई हाल जलेश्वर–४ मा बस्दै आएका राजीवरञ्जन कुमार, निजका पत्नी अनिता चौधरी र रेस्टुरेन्टमा काम गर्ने तीनजना युवती रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ परेका राजीव रञ्जन र निजका पत्नी अनिताले जलेश्वर–४ मा रेस्टुरेन्ट सञ्चालन गरी त्यसमा केटीहरु राखेर ग्राहकसँग अश्लील क्रियाकलाप गराई समाजमा नकारात्मक प्रभाव पारेको आरोपमा उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

जलेश्वरका घना बस्तीबीच रेस्टुरेन्ट खोली अश्लील क्रियाकलाप गराउँदै गरेका अवस्थामा प्रहरीले पक्राउ गरेका पाँचै जनामाथि सार्वजनिक मुद्दा चलाउने बताएको छ ।