१० कार्तिक २०८३, मंगलबार

सत्तारुढ दलहरु सहमतिमा नआए विद्रोह गर्ने एमाओवादीको चेतावनी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-baburam-Narayan-kaji

काठमाडौं, ४ फागुन । संविधानसभामा अगाडी बढाइएको प्रक्रियाको विरोधमा चरणबद्ध आन्दोलनको तयारीमा लागेको एकीकृत नेकपा माओवादी सहितको ३० दलिय मोर्चाले सत्तारुढ दलहरु सहमतिमा नआए विद्रोह गर्ने चेतावनी दिन थालेको छ ।

एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले तत्काल वार्ताको पहल सत्तापक्षबाट नभए प्रतिपक्षी दलहरुले आन्दोलन संगसंगै विद्रोह पनि सुरु गर्ने चेतावनी दिनुभयो । उहाँले जनआन्दोलन शान्ति सम्झौताको महत्वपूर्ण पक्षलाई छोडेर जबरजस्ती संविधान बनाउन खोजे प्रतिकार समेत गरिने बताउनुभयो ।

यस्तै, एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सत्ताधारी दलले सहमति नगरे आन्दोलन जनविद्रोहमा परिणत हुने चेतावनी दिनुभयोे । उहाँले आफूहरुले सहमतिका लागि दबाबमूलक ढङ्गले आन्दोलन घोषणा गरेको बताउनुभयो ।

उहाँले दशवर्षे जनयुद्ध र दोस्रो जनआन्दोलनको उपलब्धि संस्थागत गर्न संविधानसभा आवश्यक भएको बताउँदै सहमतिमा नभई बलपूर्वक संविधान जारी गरिए पहिचान पक्षधरहरुले आन्दोलनलाई विद्रोहमा परिणत गर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले आफूहरुले जातीय प्रदेशको कुरा कहिल्यै नगरेको तर पहिचान विरोधीले भ्रामक हल्ला फैलाएर पहिचानलाई जातीयता हो भनेर जनतालाई अल्मल्याइरहेको पनि बताउनुभयो ।

घोषित ३० दलको आन्दोलन संविधान जारी गर्नकै लागि भएको तर सत्ताधारी दलबाट बहुमतीय प्रक्रिया रोक्ने जानकारीसहितको वक्तव्य आएमा आफूहरु वार्तामा बस्न तयार रहेको जानकारी पनि उहाँले दिनुभयो । विद्रोहमा जान एमाओवादीले कार्यकर्तालाई हतियार बोक्नका लागि तयार रहन निर्देशन दिइसकेको छ ।