दाङ, ४ फागुन । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष जितेन्द्रबहादुर शाहको हृदयघातका कारण निधन भएको छ ।
दाङको तुलसीपुरस्थित आफ्नै निवासमा अध्यक्ष शाहको आइतबार राति करिब साढे एघार बजे हृदयघातका कारण निधन भएको आफन्तले जनाएका छन् । अध्यक्ष शाहका एक छोरा र एक छोरी छन् ।
विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आउनुभएका शाहले राप्ती अञ्चलको यातायातलाई सहज र सर्वसुलभ बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको वरिष्ठ उपाध्यक्ष भरतनाथ योगीले जानकारी दिनुभयो ।
२०६१ सालमा गंगा समितिका संस्थापक अध्यक्ष रहनुभएका शाह तत्कालीन राप्ती वस समितिबीच एकीकरण भएपछि २०६३ चैत १८ गतेदेखि हालसम्म निरन्तर राप्ती अञ्चल सार्वजनिक यातायात ब्यवसायी समितिमा निर्विरोध अध्यक्ष पदमा रहनु भएको थियो ।















प्रतिक्रिया