चितवन, ४ फागुन । चितवनमा छुई छुट्टाछुट्टै घटनामा वन्यजन्तुको आक्रमणमा दुईजना घाइते भएका छन् ।
एकलाई गैँडाले र अर्कोलाई हात्तीले आक्रमण गरेको थियो ।
गैँडाको आक्रमणमा परेकी महिलाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार आइतबार पश्चिम चितवनको मेघौलीमा गैँडाले हानेर स्थानीय सदाबहार सामुदायिक बनमा दाउरा खोज्न गएकी ३५ वर्षीया फुलमायाँ महत्तो घाइते भएकी छिन् ।
घाइते महत्तोको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
यता रत्ननगरको सौराहामा हात्तीले आक्रमण गर्दा गैँडा वाइल्डलाइफ क्याम्पमा काम गर्ने हात्ती माहुते गोरीराम महत्तो घाइते भएका छन् ।
हात्ती चराउन लगेका बेला चितवन निकुञ्जको पूर्वी सेक्टर सौराहामा पालिएको हात्तीले आक्रमण गरेको थियो ।
निकुञ्जमा पालिएको हात्तीले हानेर उनी घाइते भएको क्याम्पका सञ्चालक भरत बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार पोथी हात्तीलाई चराउन गएका बेला निकुञ्जको भाले हात्तीले मान्छे र पोथी हात्तीलाई एकैसाथ आक्रमण गरेको थियो ।
मत्ता भएको निकुञ्जको हात्तीको आक्रमणबाट फुत्किएर महत्तो भाग्न सफल भएका थिए ।
उनको पनि अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको बस्नेतले बताउनुभयो ।
सोही क्रममा निकुञ्जको हात्तीको आक्रमणमा आफ्नो पोथी हात्ती मरेको बस्नेतले बताउनुभयो ।
अहिले एउटा हात्ती खरिदमा कम्तीमा ७० लाख पर्ने गरेको छ















प्रतिक्रिया