१० कार्तिक २०८३, मंगलबार

महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pashupati-Shivaratriकाठमाडौं, ४ फागुन । भोलि मङ्गलबार परेको यसवर्षको महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पशुपति क्षेत्र विकास कोषले पूरा भएको जनाएको छ ।

कोषले दर्शन मार्ग, मेला क्षेत्र र दर्शनार्थीको सुरक्षाका लागि भकुन्डोलस्थित कार पार्कमा प्रहरी मूल शिविर/कमाण्ड पोस्ट स्थापना गर्ने कार्य पूरा भएको जनाएको हो ।

पार्किङस्थल, जुत्ता चप्पल कक्षलगायत आवश्यक स्थानमा नेपाल प्रहरीको सव–कमाण्ड पोस्ट र पिकेड/कर्डन स्थापना गरी दर्शनार्थी एवम् तीर्थयात्रीको पूर्ण प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको छ ।

कोषका सदस्य–सचिव डा गोविन्द टण्डनले विगतका अनुभवबाट यस वर्ष आउने भक्तजनलाई विशेष सुविधासहित दर्शनको व्यवस्था मिलाइएको र अनुगमनको व्यवस्था गरिएको बताउनुभयो ।

दर्शनका लागि आएका भक्तजनको सुरक्षाका लागि आवश्यक स्थानमा ‘वाकथ्रु गेट’ तथा सिसिटिभी जडान गरी करिब चार हजार सुरक्षाकर्मीको व्यवस्था गरिएको छ ।

वागमती नदीको पश्चिम करिडर प्रयोग गरी तिलगङ्गा–पिङ्गलास्थान हुँदै वनकाली–चारशिवालय, पञ्चदेवल, दक्षिणढोका, वत्सलेश्वरी, आर्यघाट भएर पूर्व ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी वनकाली धर्मशालालाई बायाँ पारेर चार शिवालय, पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था गरिएको छ ।

विगतमा जस्तै यसपटक पनि रु एक हजार तिरी सःशुल्क दर्शनको व्यवस्था गरिएको छ । आवास, भोजन तथा स्वास्थ्य शिविरको पनि व्यवस्था गरिएको सो अवसरमा जानकारी दिइयो ।

यसैबीच त्रि–दिवसीय भक्ति सङ्गीत कार्यक्रम पनि सुरु भएको छ ।