२ कार्तिक २०८३, सोमबार

सत्तापक्षको बहुमतीय दम्भ परास्त गर्न हतियार उठाउन बाध्य हुनेछौं : बाबुराम भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburamसुर्खेत, ३ फागुन । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ दलहरुले बहुमतीय दम्भ नत्यागे त्यसलाई परास्त गर्न हतियार उठाउने अवस्था सिर्जना हुने बताउनुभएको छ ।

बहुमतीय दम्भले पेलेर जान खोजे प्रतिकार गर्न जस्तोसुकै कदम चाल्न आफूहरु पछि नहट्ने उहाँले चेतावनी दिनुभयो । आफूहरुले सहमतिबाटै सबैको अधिकार सुनिश्चित हुने संविधान चाहेको भन्दै उहाँले पेलेर बहुमतीय प्रक्रिया लाद्न खोजे हतियारबाटै प्रतिकार हुने चेतावनी दिनुभएको हो ।

उहाँले सरकारमा रहेका प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा एमालेको शीर्ष नेतृत्वले बृहत् शान्ति सम्झौतामा उल्लेख भएका कुराहरु र तीनको मर्मलाई आत्मसात् नगरी बहुमतको दम्भ देखाएर अघि बढ्न खोजेकै कारण संविधान निर्माण प्रक्रिया अलपत्र परेको बताउनुभयो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले ‘भूमण्डलीकृत विश्वको अन्तर्राष्ट्रिय सम्बन्ध र माक्र्सवादी अवधारणा’ विषयक व्याख्यान कार्यक्रममा बोल्दै उपाध्यक्ष डा भट्टराईले नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी ओली बृहत् शान्ति सम्झौताको हस्ताक्षरकर्ता नभएका र शान्ति सम्झौताका पक्षमा समेत नरहेका कारण सम्झौतामा उल्लेख भएका कुराहरुलाई आत्मसात् गरी सहमतिका आधारमा संविधान निर्माण प्रक्रियामा अघि बढ्न नसक्दा शान्ति प्रक्रिया नै भङ्ग हुने अवस्थामा पुगेको आरोप उपाध्यक्ष भट्टराईले लगाउनुभयो ।

उपाध्यक्ष भट्टराईले भारत र चीन दुई एकाधिकार पूँजीवादी शक्तिहरुले नेपालमा भएका बहुमूल्य सम्पदामा आँखा गाडिरहेको र मुलुकको आन्तरिक राजनीतिमा समेत दुई शक्तिशाली देशहरुले हस्तक्षेपकारी भूमिका खेल्दै आइरहेकाले तथा चीन र भारतको क्रीडास्थलका रुपमा नेपाल स्थापित हुँदै गइराखेकाले राष्ट्रिय स्वाधीनता रक्षाका लागि सम्पूर्ण सचेत राष्ट्रवादी शक्तिहरु एक भएर लाग्नुपर्ने बताउनुभयो ।

विश्वमा पुूँजीवादी राष्ट्रहरुले विभिन्न बहानामा कमजोर राष्ट्र र वर्गलाई कब्जामा लिँदै अघि बढ्न थालेको र वस्तु उत्पादन तथा पुँजी निर्माणका सम्बाहक श्रमिक वर्गको श्रमको शोषण गरेकाले शोषित र शासक वर्गबीचको वर्ग सङ्घर्षका कारण विश्वमा शान्ति स्थापना हुन नसकेको जिकिर उपाध्यक्ष डा. भट्टराईको छ ।