२९ आश्विन २०८३, बिहिबार

महानायक राजेश हमाल किन जादैछन् अमेरिका ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajesh hamal

– विजय थापा 

काठमाडौं । नेपाली रजतपटका महानायक राजेश हमाल केही दिनमै अमेरिका जादैछन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनआरएन) अमेरिकाको अधिवेशनमा सहभागिता जनाउन नेपाली चलचित्र जगतका महानायक राजेश हमाल अमेरिका जान लागेका हुन् ।

एनआरएन एनसीसी युएसको बार्षिक साधारणसभा आगामी मार्च २१ र २२ तारिख डिसी महानगर क्षेत्रको म्यारील्याण्ड राज्य को सिल्भर स्प्रिंग शहरको होटल हिल्टन डबल ट्री मा आयोजना गरिदै छ ।

एनआरएन अमेरिकाको दुई दिने अधिवेशनमा कलाकारहरुको बेजोड साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएकाले आफ्नो प्रस्तुती दर्शकलाई देखाउन महानायक राजेश हमाल अमेरिका जान लागेको एनआरएन अमेरिका अधिवेशनका मुख्य संयोजक तथा वर्तमान वरिष्ठ उपाध्यक्ष लोकनाथ तिवारीले जानकारी दिनुभयो ।

एनआरएनको विश्वमै सबै भन्दा बढी सदस्य भएको मुलुक अमेरिका बन्न सफल भएपछि एनआरएन अमेरिकाको यो अधिवेशन आशा गरिएको भन्दा उत्साहजनक सहभागीता हुने संयोजक तिवारीको भनाई छ ।

अधिवेसनमा एनआरएन आइसीसीका पूर्व अधक्ष्यहरु, पदाधिकारीहरु, वर्तमान अध्यक्ष शेष घले लगायत विश्वभरिका अतिथिहरु सहभागि हुने आयोजकको विश्वास छ । अमेरिकाकै पचास वटै राज्यहरुबाट सहभागिता हुने छ । त्यसको व्यवस्थापनका लागि ५१ सदस्यीय एक मुल समारोह समिति बनाई सकिएको छ ।

यस बर्षको लागि एनआरएनले ‘एकै साथले एनआरएनलाई अझ मजबुत बनाउन सक्ने छ’ भन्ने नारा राखेको छ ।