२ कार्तिक २०८३, सोमबार

चाँदीसहित दुई युवक पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, ३ फागुन । प्रहरीको गस्ती टोलीले सिरहा नगरपालिका–१६ स्थित सडकखण्डबाट १० किलोभन्दा बढी चाँदीसहित दुईजनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी टोलीले माडरबाट सिरहातर्फ जाँदै गरेको यात्रुवाहक बसमा सवार भारतको मधुवनी रोगनी देहर–११ निवासी २४ वर्षीय राजीव कामती र २५ वर्षीय पुजन कामतलाई १० किलो ९०० ग्राम चाँदीसहित गए राति दुर्गा मन्दिरमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहा प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिनुभयो ।

अभियुक्त दुवैलाई इलाका प्रहरी कार्यालय माडरले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ ।