लस एन्जलस । ब्राजिलियन सुपर मोडल गिसेल बन्डचनको सपना ट्रि हाउसमा रमाउने छ ।
प्रकृतिको बिचमा उनले आफूलाई खुसी महशुस गर्ने गरेकी छन् ।
बच्चामा आफू हजुरआमाको खेत तथा बगैचामा प्रकृतिसँगै खेलेर हुर्किएको उनले बताइन् ।
३४ वर्षीय गिसेलले भनिन्, ‘खेत तथा बगैचामा दौडिदा म निकै खुसी हुने गर्दथे ।’
गिसेलले अमेरिकी फुटबलर खेलाडी टम ब्राण्डीसँग विवाह गरेकी हुन् ।
उनको अहिले दुईवटा बच्चा बेन्जामिन र विविएन छन् ।
यी बच्चाकासाथ प्रकृतिक प्रेममा रमाउने उनको सपना छ । तर कामको ब्यस्तताले उनले भ्याएकी छैनन् ।













प्रतिक्रिया