काठमाडौँ, ३ फागुन । प्रणय दिवसका उपलक्ष्यमा अलग अभियान नामक संस्थाले शनिबार ललितपुरमा प्रेमसम्बन्धी गीत तथा कवितावाचन कार्यक्रमको आयोजना ग-यो ।
कार्यक्रममा कवि तथा नियात्राकार जय छाङ्छाले आफ्नो कवितासङ्ग्रह ‘छाङछाका प्रेमगीत’बाट सात कविता वाचन गर्नुभयो ।
उहाँको सो सङ्ग्रह नेपालमा प्रेम कविताको पहिलो सङ्ग्रह मानिन्छ ।
सोही अवसरमा गायिका आभा मुकारुङले आफ्ना केही लोकप्रिय गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कवि नाकिमा, अविनाश भट्टराई, प्रज्वल अधिकारी, रोशन याक्सो आदिले कवितावाचन गर्नुभएको थियो ।
रेवत राई, बबिना किराँती, नम्रता राई, सागरसंसार राई आदिले आफ्ना गीत प्रस्तुत गर्नुभएको थियो भने मण्डल साङपाङ र पावल थुलुङ राईले सङ्गीत दिनुभएको थियो ।
कार्यक्रममा संस्थाका साङकेन वान्तावाले अभियानको शृङ्खलालाई प्रणय दिवसको अवसर पारी आयोजना गरिएको जानकारी दिनुभयो ।















प्रतिक्रिया