नेपालगन्ज, २ फागुन । पार्टीकै केन्द्रीय नेता र कार्यकर्ताहरुले समेत ल्हारक्याल लामालाई सभासद् बनाइएकोमा विरोध जनाइरहेका बेला एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले भने त्यसको समर्थन गर्नुभएको छ ।
क्रान्तिकारी पत्रकार संघ बाँकेले शनिबार गरेको पत्रकार भेटघाट कार्यक्रममा ल्हारक्याल लामाको मनोनयनमा समर्थन जनाउनुभएको हो । लामालाई संविधानसभा सदस्यमा सिफारिस गरिएको विषयमा सुरु गरिएको विरोध ‘चियाको कपमा तुफान’ भने जस्तै भएको उहाँले बताउनुभयो ।
फरक प्रसंगमा नेता भट्टराईले एकीकृत नेकपा माओवादी सहमतिबाट संविधान बनाउने पक्षमा रहेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “तर गणतन्त्र, पहिचान र अधिकारको कुरा सम्बोधन हुन सक्ने संविधानका मुद्दामा सहमति हुनुपर्छ ।”
‘वार्तामा कहिले बस्नु हुन्छ ?’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता डा भट्टराईले भन्नुभयो, “संविधानसभामा मतदान गर्ने प्रक्रिया खारेज नभएसम्म वार्तामा बस्नुको औचित्य छैन ।”
















प्रतिक्रिया