मुम्बई । सन् २००८ मा प्रदर्शनमा आएको हिट चलचित्र ‘रक अन’को सीक्वल बन्ने भएको छ ।
यस चलचित्रमा बलिउड अभिनेत्री श्रद्धा कपूरलाई प्रमुख रोल रकस्टारका लागि चलचित्र युनिटले सम्झौता गरेको छ । यो चलचित्रको नाम ‘रॉक ऑन २’ राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनी चलचित्रमा ठुलो गायिकाको रोलमा देखिदैछिन् । बलिउडमा नायिका गायिका भएका पनि धेरै छन् । तर उनी चलचित्रमा गायिका बन्न लागेकी हुन् ।
यसपटक श्रद्धा कपूरले भनेकी छिन्,–‘म यस रोलमा खेल्न पाउदा धेरै खुसी छु । ‘म रक अन’को चलचित्रको पहिले देखिनै धेरै ठुलो फ्यान थिए । तर, अब यस रोलमा खेल्न पाउदा म धेरै खुसी छु ।
यसअघि पनि अभिनेत्री श्रद्धा आशिकी २ मा गायिकाको भुमिकामा देखिएकी थिईन् । आशिकी २ बक्स अफिसमा सर्वाधिक कमाइ गर्ने चलचित्र हो ।














प्रतिक्रिया