वीरगन्ज, २ फागुन । नेकपा एमालेका नेता माधवकुमार नेपालले एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चा आन्दोलनमा गए समाप्त हुने बताउनुभएको छ ।
शान्ति सम्झौता महत्वपूर्ण पक्ष एमाओवादी भएको त्यसलाई पूरा नगरी जनतामाझ आन्दोलन गर्न जान्छु भन्नु समाप्त हुने लक्षण हो । उहाँले भन्नुभयो । उहाँले एमाओवादीले आन्दोलन छाडेर सहमतिमा आएर संविधान निर्माण प्रक्रियामा संलग्न हुनुपर्ने धारणा राख्नुभयो ।
नेता नेपालले आन्दोलनका तयारीमा रहेका एमाओवादी सहितका प्रतिपक्षी दलहरुलाई सहमतिमा आग्रह समेत गर्नुभयो । राजनीति र धर्मको उद्देश्य एउटै रहेको बताउदै छिट्टै सहमतिबाट संविधान जारी विश्वास व्यक्त गर्नुभयो ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगन्जले शनिवारदेखि महाशिवरात्रि पर्वका अवसरमा यहाँ आयोजना गरेको बिव महोत्सवको उद्घाटन गर्दै उहाँले नेपाल जस्तो स्वर्ग ठाउँ संसारमा कहीँ नभएका कारण स्वर्गको कल्पना नेपाललाई गर्न नसकिने विचार व्यक्त गर्नुभयो ।
उहाँले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ निजगढ द्रुतमार्ग, पूर्वपश्चिम रेलमार्ग तथा सम्पूर्ण बेराजगारलाई रोजगारी दिलाउने लक्ष्यका साथ आफूहरु लागिरहेको र यो कार्यमा सघाउन सबैलाई आग्रह गर्नुभयो ।















प्रतिक्रिया