२ कार्तिक २०८३, सोमबार

‘भ्यालेन्टाइन डे’मा अश्लिल गतिविधी गरिए फन्दामा परियला !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रेम दिवस जोडीहरुको रोजाई ‘ट्रान्जिट’ धुलिखेलमा कडा सुरक्षा

Valentines Day Love Wallpaper

– रामसुन्दर आचार्य

काभ्रे, ३ फागुन । प्रणय दिवस ‘भ्यालेन्टाइन डे’मा हुने विकृतीलाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेलमा सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

राजधानीबाट नजिक रहेको काभ्रेको सदरमुकाम धुलिखेल, पर्यटकीय स्थल नमोवुद्ध, दोलालघाट, सागा लगायतका स्थानमा प्रणय दिवसमा घुम्न आउने प्रेमी प्रेमीकाको संख्या धेरै हुने भएकाले अश्लिल र समाजिक संस्कारलाई हानी हुने क्रियाकलाप हुननदिन विभिन्न टोली खटाएर सुरक्षा व्यवस्था कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख एसपी प्रमुख पुजा सिंहले जानकारी दिनुभयो ।

उता जिल्ला टाफिक कार्यालय बनेपाले पनि हुन सक्ने दुर्घटना न्यूनिकरण गर्न भ्यालेन्टाइन डेमा सवारी चेक जाँचमा कडाई गरेको जिल्ला टफिक कार्यालय काभ्रेका प्रमुख दिपक खड्काले बताउनुभयो । राजधानी र काठमाडौबाट करिब २५ किलोमिटर रहेको काभ्रेमा राजधानी लगायत आसपासका जिल्लाका प्रणय दिवस मनाउँन धुलिखेललाई ट्रान्जिट बनाएका छन् ।

त्यस्तै धुलिखेलका होटलहरुमा पनि प्रणय दिवसको दिन भएकाले आन्तरिक तथा वाह्य पर्यटकहरुको चाप बढको छ । होटलमा पनि प्रहरीले गैरकानुनी क्रियाकलाप हुन नदिन कडा निगारनी राखेको जनाएको छ ।