३० आश्विन २०८३, शुक्रबार

एक सय डिग्री ज्वरोका बाबजुद केजरीवालले लिए मुख्यमन्त्रीको सपथ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kejriwal-cabinet-main1

नयाँदिल्ली, २ फागुन । एक सय डिग्री ज्वरोसँग जुधिरहेका आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवालले शनिबार भारतको राजधानी नयाँदिल्लीको मुख्यमन्त्रीको सपथ लिएका छन् ।

शनिबार मध्यान्ह १२ बजे मुख्यमन्त्रीको सपथ लिँदै केजरीवालले चौबिसै घण्टा जनताको काम गर्ने उद्घोष गरेका छन् । आफ्ना मन्त्री र विधायकले चौबिसे घण्टा काम गर्ने उनले बताए ।

‘एक एक काम ठोस गर्छौ, मजबुतीका साथ गर्छौ,’ उनले भने, ‘हामी केन्द्र सरकारको सकारात्मक काम गर्छौँ ।’

जनतालाई अंकमाल गरेर हिँडने सके जनता आफै विकासमा सक्रिय हुने केजरीवालको भनाइ छ ।

रामलिला मैदानमा आम सर्वसाधारणको साझमा केजरीवालले दोस्रोपटक मुख्यमन्त्रीको सपथ लिएका हुन् । यसअघि ४९ दिनमै मुख्य मन्त्रीबाट राजीनामा दिएपछि पदबाट राजीनामा दिएका थिए, उनले । दोस्रोपटक भारी बहुमतका साथ उनको पार्टीलाई दिल्लीका जनताले नयाँ दिल्लीको सिंहासनमा पुर्राइदिएका छन् ।

चिनी रोगबाट पीडित केजरीवाल चार दिनसम्मको अनिद्रा र कार्य व्यस्तताका कारण बिरामी परेका छन् । उनलाई एक सय डिग्री ज्वरो आएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

उनको मन्त्रिपरिषदमा सात जनाले सपथ लिएका छन् । जसमा चार जना नयाँ अनुहार छन् ।