२ कार्तिक २०८३, सोमबार

कार्यसूची नभएको एमाओवादी आन्दोलनको औचित्य छैन् : उपसभापति पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramchandra-paudelविराटनगर, २ फागुन । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एकीकृत नेकपा माओवादीले गर्न लागेको आन्दोलनको कुनै औचित्य नभएको बताउनुभएको छ । जनताले शान्ति संविधान र स्थिरता चाहेको भन्दै उहाँले एमाओवादी आन्दोलनमा जनताबाटै प्रतिकार हुने धारणा राख्नुभयो ।

उहाँले सडकबाट सदनमा फर्केर संविधान निर्माणका लागि वार्ता गर्न प्रतिपक्षीलाई आह्वान समेत गर्नुभयो । संविधानसभा स्थगित भएकाले प्रतिपक्षीले यस समयलाई सदुपयोग गरी वार्ताका माध्यमबाट सहमति गर्न अग्रसर हुनुपर्ने धारणा प्रकट गर्नुभयो ।

नेपाल प्रेस युनियन मोरङले शनिवार विराटनगरस्थित कोइराला निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले छलफलका माध्यमबाट संविधान निर्माण गर्ने उद्देश्यले नै संविधानसभा स्थगित भएकाले ८-१० दिनको यस अवधिलाई सदुपयोग गरी ठोस सहमतिका लागि अग्रसर हुन प्रतिपक्षीलाई आग्रह गर्नुभयो ।

उहाँले मुलुक संविधान निर्माणतर्फ उन्मुख भइसकेकाले विधान निर्माणका विषयमा सहमति नभए अत्यधिक बहुमतद्वारा सम्पूर्ण नेपालीलाई मान्य हुने गरी संविधान जारी हुने दृढता प्रकट गर्नुभयो ।

उहाँले अहिले सबैभन्दा ठूलो चुनौतीका रुपमा सङ्क्रमणकाल रहेकाले यसको सुरक्षित अवतरण गराउनु सत्तापक्ष गम्भीर भएर लागेको स्पष्ट पार्नुभयो ।

मधेसको प्रतिनिधित्व गरेको भन्ने दलले देश र मधेसको हित नबुझेको र आफूहरु बढी मधेसको हित चिन्तक रहेको उल्लेख गर्दै उपसभापति पौडेलले मुलुकको भौगोलिक यथार्थता र उन्नतिमा देशको सम्पूर्ण राज्यमा सबै हिस्सेदार हुन पाउने कि नपाउनेलगायतका विषयमा मधेसी दलले गम्भीररुपमा सोचेर अगाडि बढेमा संविधान निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले एकीकृत माओवादीलगायतका दलले बिना कार्यसूची आन्दोलन गरिरहेको प्रसङ्ग उल्लेख गर्दे नेता पौडेलले आन्दोलनलाई स्थगित गरी संविधान निर्माणको श्रेय पाउनका लागि सहमतिका लागि अगाडि आउन आह्वान समेत गर्नुभयो ।