सल्लेरी (सोलुखुम्बु), २ फागुन । एकीकृत नेकपा (माओवादी)का कोषाध्यक्ष हरिबोल गजुरेलले ३० दलीय मोर्चाले फागुन १६ पछि संविधानसभा छाडेर निर्णायक आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
आज बिहान सदरमुकाम सल्लेरीमा आयोजित साक्षात्कार कार्यक्रममा नेता गजुरेलले सहमतिका लागि सत्तापक्ष लचक भएर विश्वासको वातावरण नबनाएसम्म कुनै हालतमा आन्दोलन नरोक्ने दाबी गर्नुभयो ।
बहुमतीय प्रक्रियाद्वारा संविधान जारी गरे द्वन्द्व हुने भन्दै सहमतिमा संविधान बन्ने ग्यारेन्टी नभएसम्म वार्तामा बस्नुको औचित्य नहुने उहाँको भनाइ थियो ।
उहाँले पहिचानसहितको सङ्घीयताबाट आफ्नो पार्टीपछि नहट्नेसमेत बताउनुभयो । रासस
















प्रतिक्रिया