२९ आश्विन २०८३, बिहिबार

झण्डै ब्लु फिल्मलाई विर्साएको थियो ‘झिग्राना’ले

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-Taruniharuकाठमाडौं । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘झिग्राना’ले एडल्ट सर्टिफिकेट पाएको छ ।

पासाङ लामा निर्देशित सस्पेन्स थ्रिलर विषयमा निर्मित यो चलचित्रको एक बेडमा खिचिएको यौन दृश्य नेपाली दर्शकले नपचाउने जनाएको छ ।

चलचित्र जाच पास समिति (सेन्सर वोर्ड) दृश्य माथि कैंची चलाउदै यो सर्टिफिकेट दिएको हो ।

सेन्सरले काटेको दृश्य चलचित्रको चर्चाका लागि निर्माण्ँ कम्पनी गोल्डेन याक इन्टरटेनमेन्टले युट्युवमा अपलोड गरेको छ ।

सार्वजनिक दृश्य झन्डै डेढ मिनेट लामो छ । दृश्यले निलो चलचित्रको झल्को दिन्छ ।

कलाकारद्वय निकुन श्रेष्ठ र मेनुका प्रधानले उक्त दृश्य सहज प्राकृतिक तवरले दिएका छन् ।

आगामी फागुन २२ गते रिलिज हुने यो चलचित्रमा शान्ति गिरी, हन्ना गेस्किविस्की, ज्योति कार्की, अरुण रेग्मी, दीवाकर पिया, बिना पाण्डेलगायतकाको अभिनय रहेको छ ।