काठमाडौं, १ फागुन । एकीकृत नेकपा माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको आन्दोलन प्रधानमन्त्रीको फोनका भरमा नरोकिने बताउनुभएको छ ।
सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक पोखरेलले ३० दलीय मोर्चाले वार्ताको ढोका खुल्ला राखे पनि प्रधानमन्त्रीले फोन गर्दैमा आन्दोलन नरोकिने बताउनुभयो ।
माघ ८ मा नेपाली जनतालाई सहमतिमा संविधान दिने वातावरण बनेको अवस्थामा सत्ता पक्षीय दलले सहमतिको माहोल बिगारेका उहाँको आरोप थियो ।
यस्तै, एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो दल जातीय राज्यका पक्षमा नरहेको प्रस्ट पार्नुभएको छ । नेता श्रेष्ठले आफ्नो दल उत्पीडितको पहिचानसहितको सङ्घीयताका पक्षमा रहेको बताउँदै मेची–लिम्बूवान जस्तै नाम दिएर राज्यको नाम दिन सकिने स्पष्ट गर्नुभयो ।
















प्रतिक्रिया