काठमाडौं, १ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय भक्तपुरका लेखा अधिकृत तिर्थ बस्नेतलाई घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।
अख्तियारका अनुसार लेखा अधिकृत बस्नेतले काभ्रेको फोक्सुङटारस्थित सडक निर्माणका ठेकेदारलाई काम मिलाइदिने भन्दै २० हजार घुस लिदालिदै लेखा अधिकृत बस्नेत पक्राउ परेका हुन् ।
पक्राउ परेका बस्नेतलाई हिरासतमा राखी अख्तियारले अनुसन्धान सुरु गरेको छ । भ्रष्ट्राचार मौलाएपछि पछिल्लो समय अख्तियारले सक्रियता बढाएको छ ।















प्रतिक्रिया