२९ आश्विन २०८३, बिहिबार

बलिउड नायकद्वय रणवीर, अर्जुन र करन जेल चलान !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ranbeer-arjun-karan-hero

मुम्बई । भारतीय साँस्कृतीको खिल्ली उडाएको आरोपमा बलिउडका नायकद्वय करन जौहर, रणवीर सिंह र अर्जुन कपूर ३ वर्षका लागि जेल जान सक्ने सम्भावना बढेको छ ।

तर अदालतले यस मुद्दामा फैसला गर्न बाँकी छ । यदी अदालतले दोषी ठहर्‍याएमा नायकद्वय जेल जाने निश्चित छ भनेर भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बलिउडका चर्चित हस्ती यी नायकले ‘एआईबी रोस्ट’ कार्यक्रममा भाग लिएका कारण जेलको हावा खानुपर्ने सम्भावना बढाएको हो ।

प्रहरीमा परेको मुद्दा र एक अदालतमा परेको मुद्दाले अब लखनऊमा पनि एक एफआईआर दर्ता भएके छ । जसमा ‘एआईबी रोस्ट’ कार्यक्रममा सहभागि तिनै हिरोले अश्लीलता फैलाएर भारतीय संस्कृतिको विरुद्धमा आवाज उठाएको आरोप लगाइएको छ ।

भारतको लखनऊका एक्टिविस्ट कैलाश चन्द्र पाण्डेयले आईपीसीको सेक्शन नम्बर २९४ मा (नागरिकको बीचमा अश्लील हरकत गरेको) भनेर मुद्दा दर्ता गराएका छन् ।

आईटी एक्ट (सेक्शन ६६)मा पनि त्यसको असर परेको भन्दै उजुरी दर्ता भएको छ । यदी यी उजुरीमा अदालतले नायकविरुद्ध फैसला गरेमा कम्प्तीमा पनि ३ वर्ष जेल जोन सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले विश्लेषण गरेका छन् ।