– अनिल खत्री
गुल्मी, १ फागुन । पश्चिम नेपालको गुल्मी जिल्लामा आज (शुक्रबार)बाट निर्वाचन कार्यालयले फोटो सहितको मतदाता नामावली संकलन कार्य सुरु गरेको छ ।
मतदाता नामावली संकलनका लागि खटाइएको टोलीले पहिलो दिन गुल्मीका ५ वटा गाविसमा फोटोसहित मतदाता नामावली संकलन गर्ने जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत गणेश बहादुर खत्रीले जानकारी दिनुभयो । गुल्मीका अर्लाकोट, हर्मिचौर, अश्लेवा, भार्से र खडकोट गाविसमा मतदाता संकलन कार्यक्रम आजदेखि सुरु भएको हो ।
पाँच समुहमा विभाजन भएका संकलन टोलीले एउटा गाविसमा २ दिन सम्म मतदाताको नामावली संकलन गर्नेछन । फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेका तथा उमेर पुगेर दर्ता गराउन नपाएका र नाम दर्ता गराएका तर नाममा फरक परेका व्यक्तीहरुले सच्चाउन पाउने समेत व्यवस्था मिलाईएको जिल्ला निर्वाचन अधिकृत खत्रीले बताउनुभयो ।
फोटो सहितको मतदाता नामावली संकलन कार्यक्रम चैत्र १४ गते सम्म गुल्मी जिल्लाका ७५ वटा गाविसमा टोली जाने जिल्ला निर्वाचन कार्यलय गुल्मीका सुचना अधिकृत लक्ष्मण पाण्डेयले बताउनुभयो ।
कार्यालयले उमेर पुगेका तर नाम दर्ता गराउन छुटेको भए आफना गाविसमा आउने मतदाता नामावली संकलन कर्तासंग गई आफनो नागरिता लिई नाम दर्ता गराउन निर्वाचन कार्यालय गुल्मीले आग्रह समेत गरेको छ ।
गुल्मीमा गत २०७० सालमा सम्पन्न दोस्रो संबिधान सभाको निर्वाचनमा १ लाख ५० हजार ६ सय ६४ मतदाताले फोटो सहितको मतदाता नामावलीमा संकलन गरेका थिए ।
फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता कार्यक्रम जिल्ला निर्वाचन कार्यालय गुल्मी र जिल्ला प्रशासन कार्यलयमा भईरहेको जनाइएको छ ।















प्रतिक्रिया