९ कार्तिक २०८३, सोमबार

अमेरिकामा नेपालीले चिठ्ठाबाट जिते १० करोड रुपैंया

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chandra-Siwakoti-Texas

काठमाडौँ, १ फागुन । अमेरिकाको टेक्सास राज्यमा एक नेपाली व्यवसायीले चिठ्ठाबाट करिब १० करोड रुपैंया जितेका छन् ।

टेक्सास राज्यको प्रिन्स्टनमा एप्पल ट्री फुडमार्ट चलाउँदै आएका चन्द्र शिवाकोटी चिठ्ठाबाट १० करोड रुपैयाँको मालिक बनेका हुन् । शिवाकोटीले संचालन गरेको फुडमार्टबाट बिक्री गरिएको चिठ्ठाबाट चार जनाले ५ करोड ६४ लाख अमेरिकी डलर जितेपछि शिवाकोटीको पनि भाग्य चम्किएको हो । उनले चिठ्ठा विजेताहरुबाट एक मिलियन अमेरिकी डलर अर्थात करिब १० करोड रुपैंया नियमअनुसार कमिशन पाउने अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । यो अमेरिकाकै पाँचौ ठूलो चिठ्ठा हो ।

चन्द्र शिवाकोटीले दाजु कुमार शिवाकोटीसँग मिलेर सन् २००७ देखि टेक्सासमा फुडमार्ट संचालन गरिरहेका छन् । एकाएक करोडपति बनेपछि शिवाकोटी दाजुभाईमा खुसीको सीमा नै छैन । अमेरिकामा नेपालीले चिठ्ठा बेचेर यति धेरै रकम कमाएको यो पहिलो हो ।

१० करोड रुपैंया हात पर्ने भएपछि चन्द्रले त्यसमध्येबाट केही रकम नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्ने भएका छन् । टेक्सासमा सीबीएस न्यूजलाई अन्तरवार्ता दिँदै चन्द्र र उनकी पत्नी स्मृति आचार्यले दुर्गम क्षेत्रका बालबालिकालाई आर्थिक सहयोग र विद्यालय निर्माण गर्ने आफ्नो योजना रहेको बताएका छन् ।