२ कार्तिक २०८३, सोमबार

जनयुद्ध दिवसमा प्रचण्डको घोषणा- ‘अब हामीलाई कसैले रोक्न सक्दैन’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda

काठमाडौँ, १ फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवसका अवसरमा शुभकामना सन्देश दिनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट सन्देश दिदै उहाँले जनयुद्धमा सहिद भएकाहरुको बलिदान खेर जान नदिने बताउनुभएको हो । सहिदको बलिदानबाट प्राप्त उपलब्धिलाई संविधान सभामार्फत संस्थागत गर्दै अगाडि बढ्ने उहाँको भनाई छ ।

बिसौँ जनयुद्ध दिवस देशभरी मनाइरहेका बेला राज्यले आफूहरुको मागलाई सम्बाधन नगरे फेरी जनयुद्धको प्रक्रिया अगाडी बढ्ने उहाँले बताउनुभयो । उहाँले नेपाली जनताको बलिदानबाट प्राप्त उपलब्धीलाई समाप्त पार्न सत्तारुढ दल नकारात्मक तवरले लागेकाले त्यसको प्रतिवाद गरेर अगाडि बढ्न आफ्नो पार्टी तयार रहेको उल्लेख गर्नुभयो ।

उहाँले चैतदेखि समानान्तर सरकार बनाउने उद्घोष समेत गर्नभएको छ । फागुन ११ देखि सरकारी कार्यालय कब्जा गर्ने एमाओवादीको रणनीति छ ।

जनयुद्ध, १२ बुँदे समझदारी, १९ दिने जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका विभिन्न आन्दोलनले नेपाली समाजमा ल्याएको राजनीतिक उपलब्धीलाई संस्थागत गर्दै गणतन्त्र, सङ्घीयता, समानुपातिक–समावेशी सहभागिता, धर्म निरपेक्षता, सङ्घीयतामा आधारित राज्यको अग्रगामी पुनःसरचनालाई नयाँ संविधानमा संस्थागत गर्ने ऐतिहासिक प्रक्रियासम्म आइपुगेको प्रचण्डले सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रच्ण्डले शान्ति सम्झौतालाई एकलौटी रुपमा सत्तारुढ दल नेपाली काँग्रेस एमालेले तोडेको आरोप लगाउनुभयो । प्रमुख दल र तत्कालीन नेकपा माओवादीबीच भएको १२ बुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षहरूबीच भएका सहमतिको विपरित बहुमतको दम्भ देखाएर सत्तारुढ दल अगाडि बढेका कारण त्यसको जानकारी संयुक्त राष्ट्रसङ्घलाई समेत गराउने उहाँले बताउनुभयोे ।

त्यसका लागि एमाओवादीले हिजो ‘पहिचानवादी युवा शक्ति’ घोषणा समेत गरेको छ । संविधान निर्माण प्रक्रियालाई अल्पमत र बहुमतको खेल बनाइएकोले प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘‘शान्ति सम्झौता कसले तोडेको हो, किन सत्तारुढ दल सो सम्झौताको पक्षमा देखिएनन् भन्ने विषयमा राष्ट्रसङ्घलाई जानकारी गराउँछौ ।’’

आफ्नो पार्टीले जातीय राज्य कहिल्यै पनि नमागेको, तर सबैले अधिकार पाउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै उहाँले जनतालाई अधिकार दिन नचाहने प्रवृत्तिले नै संविधान लेखन प्रक्रियालाई समस्यामा पारेको बताउनुभयो ।

एउटा निर्वाचन जित्दैमा काँग्रेस र एमालेका केही नेतामा दम्भ चढेको भन्दै उहाँले एमाओवादीलाई जातीवादीको आरोप लगाएर एकल जातीय राज्य बनाउने पक्षमा उनीहरू लागेको तर्क गर्नुभयो ।

केही नेतालाई आफू नै राजा महाराजा भएको भन्ने भूत चढेको आरोप लगाउँदै अध्यक्ष दाहालले जनताको चाहना र भावनाविपरीत गए उनीहरूको अस्तित्व समेत नामेट हुने जिकिर गर्नुभयो ।

एमाओवादी सबल र सक्षम रुपमा आन्तरिक राष्ट्रियतालाई बलियो बनाउन लागेकोमा जोड दिदै उहाँले जातका आधारमा राज्यको पुनःसंरचना नहुने, तर पहिचानलाई भने जोड दिनुपर्ने धारणा राख्नुभयो ।