२ कार्तिक २०८३, सोमबार

आन्दोलनका कार्यक्रम रोकेर मात्र वार्तामा : अध्यक्ष ठाकुर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahanta-takurभक्तपुर, २९ माघ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आन्दोलनका कार्यक्रम रोकेर मात्र वार्तामा बस्ने बताउनुभएको छ ।

रफत सञ्चार क्लव भक्तपुरले विहीवार यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष ठाकुरले वार्ता र आन्दोलन एकैसाथ जान नसक्ने बताउँदै वार्तामा जानुअघि आन्दोलन रोकेर जानुपर्ने धारणा राख्नु भयो ।

वार्तामा जान सरकारले अझै विश्वासको वातावरण बनाउन नसकेको बताउँदै उहाँले सरकार साच्चिकै वार्ता र सहमति चाहन्छ भने वार्तामा बस्न विश्वासको वातावरण बनाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष ठाकुरले वार्ताका लागि प्रधानमन्त्रीले जारी गरेको वक्तव्य चित्त बुझ्दो नभएको भन्दै वार्तामा बस्ने चित्त बुझ्दो वातावरण नबनाएसम्म आन्दोलन नरोकिने उल्लेख गर्नुभयो । रासस