२९ आश्विन २०८३, बिहिबार

महिला र सामाजिक सञ्जालमा क्रिकेटरलाई प्रतिबन्ध

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indiat20champ

काठमाडौं, २९ माघ । खेलाडी भनेका देशका गहना हुन् । देशको नाम विश्वमा चिनाउने तिनै खेलाडी हुन् । तर खेलाडी कमजोर हुने, बदनाम हुने धेरै कारणहरु छन् । बलात्कारको आरोपमा बंगलादेश क्रिकेटर पक्राउ परेका थिए । महिलासंग यौन सम्बन्धले खेलाडीलाई कमजोर समेत बनाइदिन्छ । जसले खेलमा जित हासिल गर्न कठिन हुन्छ ।

यसैकारण भारतका राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटरलाई महिला सामाजिक सञ्जालबाट टाढा रहन निर्देशन जारी गरिएको छ । राष्ट्रिय क्रिकेट टिमलाई व्यवस्थापन समितिले यस्तो निर्देशन जारी गरेको हो । आगामी फ्रे्रवरी १४ गतेदेखि सुरु हुनलागेको विश्वकप क्रिकेटका तयारीमा रहन समेत खेलाडीलाई निर्देशन दिइएको हो ।

indian-cricket-team

व्यवस्थापन समितिले क्रिकेटरलाई फेसबुक, ट्वीटरको प्रयोगमा सावधानी अपनाउन र महिलादेखि टाढै रहन आदेश जारी गरेको छ । विश्वकप क्रिकेटका बेला खेलाडीको बारेमा कुनै विवाद आउन नदिन यस्तो रणनीति अपनाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

कुनै पनि महिलादेखि टाढा रहन, कुनै पनि नयाँ स्पोन्सरसँग सम्पर्क नगर्न र कुनै पनि एजेन्टसँग भेटघाट नगर्न आदेश दिइएको छ ।