२९ आश्विन २०८३, बिहिबार

सरकारले बनायो धुर्मुस र सुन्तलीलाई सरसफाई दूत, बाग्लुङ-१ को निर्वाचन चैत २८ गते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhurmus-Suntali

काठमाडौँ, २८ माघ । सरकारले हास्य कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे (सुन्तली) लाई सरसफाई दूतमा नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले सन् धुर्मुस र सुन्तलीलाई सन् २०१७ सम्मका लागि सरसफाई दूत नियुक्ति गरेको हो। उनीहरुले मेरी बास्सै नामक हास्य कार्यक्रम दर्शकलाई पस्कँदै आएका छन् ।

यसैगरी, मन्त्रिपरिषदले बाग्लुङ क्षेत्र नम्बर १ को उपनिर्वाचन चैत २८ गते गर्ने निर्णय गरेको छ ।

संविधान सभामा निर्वाचित कांग्रेस सभासद हरिबहादुर खड्काको गत मंसिर १७ गते बाग्लुङको भकुण्डेमा जीप दुर्घटनामा परी निधन भएपछि बाग्लुङ क्षेत्र नम्बर १ मा सभासद् रिक्त छ ।