महोत्तरी, २९ माघ । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ दलहरुले मधेशका नागरिकलाई अधिकार नदिएर पक्षपात गरेको बताउनुभएको छ ।
देश संघीयतामा जाने बहस भइरहदा पनि मधेशी जनतालाई सत्तापक्ष दलहरुले हेपेको उनको अरोप छ । विशेषगरी कांग्रेस एमालेले निषेध राजीनित गर्न खोजिरहेको उहाँको आरोप थियो ।
उहाँले सङ्घीयताका लागि मधेशी जनता जस्तोसुकै कदम उठाउन तयार रहेको बताउनुभयो । जसरी पनि एक मधेश एक प्रदेश बनाएरै छाड्ने उनको भनाई थियो ।
भ्रमरपुरामा विहीवार ३० दलीय मोर्चाले आयोजना गरेको खबरदारी र भण्डाफोर कार्यक्रममा नेता यादवले एमाले र काँग्रेसले सत्ताको लोभमा मधेसी जनताको मौलिक हकमाथि कुठाराघात गरेको आरोप लगाउनुभयो ।















प्रतिक्रिया