काठमाडौं, २९ माघ । राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलहरुबीच अनौपचारिक छलफल सुरु भएको छ ।
दलहरुबीच दूरी झन झन बढेपछि काँग्रेस र एमाओवादीमा मध्यस्तकर्ताहरु सक्रिय भएका छन् । काँग्रेसबाट कानुन मन्त्री रहेका नरहरि आचार्यले मध्यस्तकर्ताको भूमिका खेलेका छन् भने एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दूतका रुपमा महासचिव कृष्णबहादुर महराले वार्ता गरिरहेका छन् । बुधबार दिउँसो कांग्रेस उपसभापति रामचन्द्र पौडेल र मन्त्री आचार्यले एमाओवादीका महासचिव महरासँग संविधानसभा सचिवालयमा गोप्य छलफल गरेका थिए। केही दिनमै शीर्ष नेताहरुबीच वार्ताको तयारी रहेको सरकारी स्रोतको दावी छ । काँग्रेस र एमाओवादीबीचको गोप्य छलफलका विषयमा एमाले भने बेखबर छ ।
दलहरुबीच अनौपचारिक वार्ता र छलफल सुरु भएकाले बिहीबारदेखि संविधानसभाको बैठक दश दिनका लागि स्थगित गरिनेछ। दश दिनभित्र अनौपचारिक वार्तालाई औपचारिकता प्रदान गरेर सकेसम्म विवादित विषयमा सहमतिका लागि प्रयास गरिने स्रोतको भनाइ छ।
















प्रतिक्रिया