महेन्द्रनगर, २९ माघ । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखा अन्तर्गतको बैजनाथ उपशाखाले मानवीय सेवालाई थप प्रभावकारी बनाउन रणनीति बनाएको छ ।
रेडक्रस बैजनाथ उपशाखाको पाचौं वार्षिक साधारणसभाले मानवीय सेवालाई थप प्रभावकारी बनाउन ‘सेवा मैत्री’ रणनीति बनाएको हो ।
कञ्चनपुरका कृष्णपुर–देखतभुली गाविस समेट्ने उपशाखाले वाणी बजारमा भएको साधारणसभाले मानवीय तथा सामाजिक कार्यहरु बढाउने निर्णय गरेको हो । त्यसैका लागि रणनीति बनाएको हो ।
रणनीति अनुसार जनशक्ती परिचालन गर्ने, सहयोग वृद्धि गर्ने, समुह मार्फत ग्रामिण क्षेत्रका नागरिकलाई मानवीय सहयोग अझै बढाउने निर्णय गरिएको नेपाल रेडक्रस सोसाइटी बैजनाथ उपशाखाका उपसभापति अर्जुन साउँदले जानकारी दिनुभयो ।
वैजनाथ उपशाखाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरी आगामी वर्षमा सहयोग बजेट दोब्बर बनाउने लक्ष्य समेत राखेको छ । उपशाखाले यसवर्ष ३ लाख ५६ हजार २ सय १३ रुपैयाँ कारोवार सहयोग गरेको जनाएको छ ।
उक्त बजेट सामाजिक सहयोग कार्यक्रममा खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ । बैजनाथ उपशाखाका सभापति दिपक सिंह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष लक्ष्मण कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा रेडक्रस जिल्ला शाखाका कोषाध्यक्ष धिरेन्द्र चन्द्र भट्ट प्रमुख अतिथी रहनुभएको थियो ।
उपशाखाका उपसभापति अर्जुन सिंह साउँदले स्वागत मन्त्यव्य दिदै शाखाले विगत एक बर्ष देखी विभिन्न सामाजिक क्रियाकलाप गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि ग्वालाबारी सामुदायिक वनका अध्यक्ष प्रेमबहादुर सिंह, पार्षद सदस्य महेशदत्त जोशी रहनुभएको थियो । कार्यक्रमको संचालन गर्दै उपशाखाका सचिव दिपेन्द्र बमले सांगठनिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
यस्तै, झलारी उपशाखाले पनि १५ औं बार्षिक साधारणसभाबाट यस्तै रणनीति बनाएको छ । कार्यक्रममा कञ्चनपुर जिल्ला शाखा सभापती टेकराज उपे्रती प्रमुख अतिथी रहनुभएको थियो । गत आर्थिक वर्षको आर्र्थिक प्रतिवेदन प्रस्तुत गर्दै शाखाका कोषाध्यक्ष मधु बोहराले ९२ हजार तिन सय २० रुपयाँको आयव्यय रहेको बताउनुभयो ।
कार्यक्रममा बार्षिक प्रगती प्रतीवेदन सचिव गणेशराज जोशीले प्रस्तुत गर्नु भएको थियो । विशिष्ट अतिथीमा शैलेश्वरी गणका प्रहरी उपरिक्षक राजेन्द्र मल्ल रहनुभएको थियो । आगामी दिनमा उपशाखाले संठन विस्तार तथा युवा र नुजियर रेडक्रस संर्कल विस्तार जस्ता कामहरु गर्ने उपशाखा झलारीका सभापती श्यामराज जोशीले जानकारी दिनुभयो ।
















प्रतिक्रिया