काठमाडौं, २९ माघ । नेपाल प्रहरीले ३५ जना नायव उपरीक्षकहरूको (डिएसपी) उपरीक्षक (एसपी) बढुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले जारी गरेको बढुवा समिति सचिवालयको पत्र र सूचीअनुसार ३५ जना डिएसपीलाई उपरीक्षक (एसपी)मा बढुवा गरेको जनाइएको छ ।
डिएसपीबाट एसपीमा बढुवा हुने भाग्यमानीहरूमा थानेश्वर रेग्मी, गणेश रेग्मी, श्यामलाल ज्ञवाली, बसन्तबहादुर कुवर, रामदत्त जोशी, भरतबहादुर बोहरा, मीरा चौधरी, किरण बज्राचार्य रहेका छन् ।
त्यसैगरी टेकप्रसाद राई, रविन्द्र केसी, पोषराज पोखरेल, नवराज भट्ट, बुद्धिराज गुरुङ, उमेरराज जोशी, नरेन्द्रप्रसाद उप्रेती, कुँबेर कडायत, केदार ढकाल, गजेन्द्र विष्ट, राजुबाबु श्रेष्ठको एसपीमा बढुवा भएको छ ।
डिएसपीबाट एपीमा बढुवा हुनेमा विष्णुकुमार केसी, राजेशनाथ बास्तोला, सुदीप गिरी, टेकबहादुर तामाङ, जनक भट्टराई, दुर्गा सिंह, विकाशराज खनाल, कुष्णकुमार महत, लालमणि आचार्य, तुल्सीप्रसाद अधिकारी, प्रकाशबहादुर चन्द, गोविन्दकुमार साह, उमाशंकर पञ्जियार, किरण राणा र भीमप्रसाद ढकाल रहेका छन् ।
लामो समयदेखि रोकिएको एसपीको बढुवा बुधबार गरिएको थियो । एसपीमा बढुवा भएका श्यामलाल ज्ञवाली र लालमणि आचार्य दाङ जिल्ला निवासी हुन् ।

















प्रतिक्रिया