२९ आश्विन २०८३, बिहिबार

आहा रारा गोल्डकपमा मनाङद्धारा आर्मी क्लब पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

footballपोखरा, २८ माघ । सहारा क्लब पोखराको आयोजनामा यहाँ भइरहेको तेह्रौँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा मनाङ मस्र्याङदी क्लबले त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गरी सेमिफाइनल प्रवेश गरेको छ ।

बुधबारको खेलमा मनाङ मस्र्याङदी क्लबका अनिल गुरुङले ५५ र ८४ औँ मिनेटमा गोल गरेका थिए भने आर्मीका राजीव गुरुङले खेलको आठौं मिनेटमा गोल गरेका थिए ।

भोलिको अर्को सेमिफाइनल खेल नेपाल पुलिस क्लब र थ्रीस्टारबीच हुनेछ ।