९ कार्तिक २०८३, सोमबार

धर्मका विषयमा विवादास्पद अभिव्यक्ति दिने बेलायती राजदूतले राजीनामा दिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

british-embassyकाठमाडौं, २८ माघ । धर्मको विषयमा विवादास्पद अभिव्यक्ति दिएका बेलायती राजदूत एन्ड्रयू जेम्स स्पार्क्सले राजीनामा दिएका छन् ।

संविधानसभाका सभासद्लाई नेपालमा धर्म परिवर्तनको अधिकार संविधानमै सुनिश्चित गर्न सुझाव दिएर विवादमा परेका नेपालका लागि बेलायतका राजदूत स्पार्क्सले राजीनामा दिएका हुन् ।

नेपाल सरकारलाई राजदूत स्पार्क्सले अर्को महिना आफ्नो कार्यभार पूरा गर्ने जानकारी दिएका छन् । स्पाक्र्सले बेलायत सरकारको परराष्ट्र सेवाबाटै समेत राजीनामा दिएका हुन् ।

३० वर्ष लामो करिअरमा तीन मूलुकको राजदूत पदको जिम्मेवारी सम्हालेका स्पाक्र्सले सेवाबाट अवकास लिने व्यक्तिगत निर्णय गरेको दूतावासको विज्ञप्तीमा उल्लेख छ ।

‘बाहिरका अन्य अवसरलाई समय दिने भन्दै सरकारी सेवा राजीनामा दिएको हुँ’ विज्ञप्तीमा भनिएको छ । राजदूतका रुपमा मैले नेपाल छोडेपनि मैले सदाका लागि गुडवाई गरेको होइन । उनले भनेका छन् ।

राजदुत स्पार्क्सले नेपाल र बेलायतबीचको बिशेष सम्बन्धको दुई सय वर्ष पुगेको अवसरमा गरिने उत्सवमा व्यक्तिगत रुपमा आफ्नो भूमिका निर्वाह गर्ने बताएका छन् ।