२ कार्तिक २०८३, सोमबार

वेचविखन रोक्न किशोरीहरुको यस्तो राणनीति !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एकजुट

बाँके २८ माघ । मानव वेचविखन तथा यौन दुव्र्यवहार विरुद्ध पश्चिम नेपालका किशोरकिशोरी एक हुन थालेका छन् ।

वेचविखन रोक्न शक्ती समूह निर्माण गरी बाँके, बर्दिया र कैलालीका किशोर किशोरीहरु समूह गठन गरी मानव वेचविखन र यौन दुव्र्यवहारबारे अरुलाई पनि सचेत गराउन थालेका छन् ।

अहिले बाँके, बर्दिया र कैलालीगरी तीन जिल्लामा ११ वटा समूह बनाईएको छ । भने करिब ३ सय किशोर किशोरीहरु आवद्ध भएका छन् ।

समूहले सचेतीकरण अभियान थालेपछि अहिले किशोर किशोरीहरु दुव्र्यवहारबाट बच्ने तवर तरिका अरुलाई पनि सिकाउने सम्मका भएका शक्ती समूह बाँकेकी संयोजक चिन्तुसिंह ठकुरीले बताउनुभयो ।

समूहमा ११ बर्षदेखि १९ बर्षमूनिका किशोरकिशोरी आवद्ध छन् । बाँकेमा ३ वटा समूहमा ८५, बर्दियामा ५ वटा समूहमा १ सय ५० र कैलालीमा २ वटा समूहमा ५० जना गरी करिब ३ सय किशोरकिशोरी समूहमा आवद्ध छन् ।

कैलालीकी राधा जोशीले समूहको अभियानपछि विस्तारै सकारात्मक प्रभाव पर्दै गएको जानकारी दिनुभयो ।

समूहमा आवद्ध भएका किशोरकिशोरीहरुको मासिक बैठक बस्छ । बैठकमा समूहमा आएका समस्या र त्यसको समाधानपनि समूहबाटै खोज्ने गरेको उनीहरु बताउछन् ।

समूहले थालेको अभियानमा अभिभावकहरुले पनि साथ दिएका छन् । किशोर किशोरीहरुको यो अभियानलाई शक्ती नामक संस्थाले नै सहयोग गर्दै आएको छ ।