२ कार्तिक २०८३, सोमबार

‘पैसा लिएरै’ ल्याक्र्याल लामालाई सभाषद् बनाइयो : एमाओवादी नेता पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lharkyal-Lamaबागलुङ, २८ माघ । एकीकृत नेकपा माओवादीका नेता देवेन्द्र पौडेलले ल्याक्र्याल लामालाई सभासद् बनाउँदा पार्टीमा संस्थागत निर्णय नभएको बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार सङ्घ बागलुङले बुधबार आयोजना गरेको पत्रकार भेटघाटमा पौडेलले सो विषयमा पार्टीमा कुनै छलफल समेत नभएको उल्लेख गर्नुभयो । ‘आर्थिक लेनदेनले विवादित व्यक्तीलाई पार्टीले सरसल्लाह नै नगरी साभाषद् बनायो,’ उहाँले भन्नुभयो, ‘पार्टी एकलौटी तरिकाले चल्न थाल्यो, यो ठिक होइन ।’

विवादित छवि भएका व्यक्तिलाई सभासद् बनाइएको भन्दै पार्टीभित्रै चर्को आलोचना भइरहेको बेला स्थायी कमिटी सदस्यसमेत रहनुभएका पौडेलले यस्तो बताउनुभएको हो । “स्थायी कमिटीमा पनि यस विषयमा कुनै छलफल नै भएको छैन, पार्टी कार्यालयले निर्णय गरेको हो”–पौडेलले भन्नुभयो–“संस्थागत रुपमा लामाको मनोनयनबारे समीक्षा हुन्छ ।”

नेताहरु प्रशिक्षणका क्रममा राजधानीबाहिर रहेको बेला पार्टी कार्यालयले त्यस्तो निर्णय गरेको उहाँको भनाइ छ । नेता पौडेलले संविधानसभामा सुरु भएको प्रक्रिया स्थगन गरे मात्र वार्ता हुने उल्लेख गर्नुभयो । सहमतिकै माध्यमबाट संविधान जारी हुनुपर्नेमा उहाँको जोड थियो ।

“शान्ति प्रक्रियाको एउटा पक्षलाई छोडेर संविधान जारी हुन सक्दैन, संविधानका अन्तर्वस्तुमा सहमति हुनैपर्छ”– पौडेलले भन्नुभयो । सत्ताधारी दलले प्रक्रियामा जाने निर्णय सच्याए आफूहरु पनि गल्ती कमजोरी सच्याएर वार्तामा बस्न तयार रहेको पौडेलले उल्लेख गर्नुभयो ।