२ कार्तिक २०८३, सोमबार

ल्हारक्याल लामा प्रकरणले एमाओवादीमा रडाको, बाबुराम पक्षीय नेताको असन्तुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Devendra-Paudel

काठमाडौँ, २८ माघ । विवादास्पद छविका ल्हारक्याल लामालाई सभासद् बनाइएपछि एमाओवादीभित्र विवाद सिर्जना भएको छ । पार्टीका प्रवक्ताले बचाउ गरेपनि वरिष्ठ नेता बाबुराम भट्टराई पक्षका नेताले भने त्यसको विरोध गरेका छन् ।

पार्टी कामको सिलसिलामा बागलुङ पुगेका बाबुराम पक्षीय नेता देवेन्द्र पौडेलले ल्हारक्याल लामालाई सभासद् बनाउँदा पार्टीमा संस्थागत निर्णय नभएको बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार संघ बागलुङले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले सो विषयमा पार्टीमा कुनै छलफलसमेत नभएको उल्लेख गर्नुभयो । विवादित छवि भएका व्यक्तिलाई सभासद् बनाइएको भन्दै पार्टीभित्रै चर्को आलोचना भइरहेको बेला स्थायी कमिटी सदस्यसमेत रहेका पौडेलको यो भनाइ बाहिर आएको हो ।

“स्थायी कमिटीमा पनि यस विषयमा कुनै छलफल नै भएको छैन, पार्टी कार्यालयले निर्णय गरेको हो”–पौडेलले भन्नुभयो– “संस्थागत रुपमा लामाको मनोनयनबारे समीक्षा हुन्छ ।”

नेताहरु प्रशिक्षणका क्रममा राजधानीबाहिर रहेको बेला पार्टी कार्यालयले त्यस्तो निर्णय गरेको उहाँको भनाइ छ ।

नेता पौडेलले संविधानसभामा सुरु भएको प्रक्रिया स्थगन गरे मात्र वार्ता हुने उल्लेख गर्नुभयो । सहमतिकै माध्यमबाट संविधान जारी हुनुपर्नेमा उहाँको जोड थियो ।