२ कार्तिक २०८३, सोमबार

दलहरुबीच वार्ता नभए पेलेर जाने मनस्थितिमा सभामुख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

RAMBARAN-YADAV-AND-Subash-Nemwang

काठमाडौ, २८ माघ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुबीच संवाद सुरु नभए पेलेरै जाने संकेत व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति डा रामबरण यादवसँगको बुधबारको भेटमा सभामुख नेम्वाङले संवाद पनि हुन नसक्ने हो भने प्रक्रिया अगाडि बढाउने मनसाय व्यक्त गरेको स्रोतले बतायो ।

राष्ट्रपति यादवले भने संबाद र सहमतिकै बाटोबाट संविधान लेखनको कार्य अघि बढाउन सुझाव दिनुभएको थियो । सरकार र संविधानसभा अध्यक्षले संबादको बातावरण निर्माणमा सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा राष्ट्रपतिको जोड थियो ।

जवाफमा संविधानसभा अध्यक्ष नेम्वाङले भने प्रस्ताव समितिले आफ्नो प्रतिवेदन बुझाइसकेकोले अब बिहीबार बस्ने बैठकबाट प्रक्रिया सुरु गर्ने वा के गर्ने भन्नेमा सुझावको अपेक्षा राख्नुभएको थियो ।