काठमाडौं, २८ माघ । वीर अस्पतालको मातहतमा आएपछि ट्रमा सेन्टरमा पहिलो शल्यक्रिया सम्पन्न भएको छ ।
न्याम्सका उपकुलपति डा गणेश गुरुङका अनुसार, मंगलबारबाट आकस्मिक शल्यक्रिया सुरु भएको हो । मेजर शल्यक्रिया सुरु गर्न अझै केही दिन लाग्ने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबारबाट हाडजोर्नी ओपिडी ट्रमा सेन्टरकै भवनबाट सुरु भएको छ ।
वीर अस्पतालको हाडजोर्नी र न्युरो विभाग पनि ट्रमा सेन्टरकै भवनमा सार्ने तयारी गरिएको छ ।
भारत सरकारको लगानीमा ट्रमा सेन्टर बनेको हो । तर, यसलाई कसरी संचालन गर्ने भन्ने विषयमा लामो समयसम्म अन्यौल थियो । सर्वोच्च अदालतको आदेशबाट वीर मातहत आएको दुई दिनभित्रै ट्रमा सेन्टरमा पहिलो शल्यक्रिया भएको हो । सेन्टर संचालनमा आएपछि बिरामीहरुले सस्तोमा शल्यक्रिया गराउन पाउने भएका छन् ।
















प्रतिक्रिया