मुम्बई । बलिउडकी चर्चित अभिनेत्री करिना कपूरले मानसिक सन्तुलन गुमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अर्थात उनी ‘पागल’ भएकी छिन् ।
केही समयअघि अभिनेता सैफअलि खानसंग विवाह गरेकी करिनाले एक्कासी मानसिक सन्तुलन गुमाएको खबर सार्वजनिक भएको हो । अहिले चलचित्र बजरंगी भाईजानको सुटिङमा व्यवस्त करिना ‘पागल’ भएपछि घर आएकी छिन् ।
तर उनी रियल लाईफमा भने ‘पागल’ भएकी हैनन् । सुटिङको तयारीमा रहेको चलचित्र ‘आमिर और नो वन किल्ड जेसिका’ मा अब पगलीको रोलमा मेंटल हॉस्पिटल जान लागेकी हुन् । निर्देशक निर्माता राजकुमार गुप्ताको आगमी चलचित्रमा करिना एक मानसिक रूपमा विक्षिप्त भएकी महिलाको भुमिकामा देखिदैछिन् ।
निर्माता राजकुमार गुप्ताका अनुसार यो चलचित्र फिल्म सेक्शन ९४ मा आधारित हुनेछ । जसमा करिना लीड रोलमा छिन् । मानसिक रोगीलाई अपराधको सजाय दिन सकिदैन । जसलाई गलत आरोप लगाउने वेला नै उसको मानसिक सन्तुलन विग्री सकेको हुन्छ ।














प्रतिक्रिया