२ कार्तिक २०८३, सोमबार

उत्कृष्ट विद्यार्थीलाई ‘गोबिन्द बल्लभ पन्त’ नेफ्सा पुरस्कार प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puraskar-bitaran

काठमाडौं, २७ माघ । खाद्य प्रविधि विषयका उत्कृष्ठ दुई विद्यार्थीलाई गोबिन्द बल्लभ पन्त नेफ्सा मेमोरियल पुरस्कार प्रदान गरिएको छ ।

खाद्य प्रविधि विषयका त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत करुणा खरेल र पुर्वाञ्चल विश्वविद्यालयका अध्ययनरत उत्कृष्ठ विद्यार्थी रामहरी लामिछानेलाई सोमबार काठमाडौंमा आयोजित समारोहमा यस बर्षको गोबिन्द बल्लभ पन्त नेफ्सा मेमोरियल पुरस्कार प्रदान गरिएको हो ।

समारोहमा नेपाल सरकारका सिँचाईमन्त्री एनपी सावदले उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
नेपालभरी अध्यापन हुने बि.टेक. खाद्य प्रविधिका उत्कृष्ट दुई बिद्यार्थीलाई प्रत्येक वर्ष
नेफ्सा मेमोरियल पुरस्कार प्रदान गरिदै आएको छ ।

३ बर्ष अघि दिवगंत भएका खाद्य प्रविधि विषयका विद्यार्थी गोबिन्द बल्लभ पन्तको सम्झनामा उक्त पुरस्कार प्रदान गरिदै आइएको छ । पन्तले सन् १९९२ मा धरानको केन्द्रिय प्रबिधि क्याम्पसबाट खाद्य प्रविधिमा स्नातक गर्नु भएको थियो ।

देश बिदेशमा रहेका सहकर्मी साथीले उनको को स्मरणमा गुठि स्थापना गरी प्रत्येक बर्ष यो पुरस्कार वितरण गर्दै आइरहेका छन् । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सिँचाईमन्त्री सावदले देशमा खाद्य प्रदार्थमा मिसावट बिकराल समस्याको रुपमा रहेकोले यसको नियन्त्रणका लागि खाद्य बैज्ञानिक तथा प्राबिधिकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

कृषिमा आधारित खाद्य उद्योगको बढी भन्दा बढी स्थापनाले मात्रै देश समृद्धि तर्फ़ जान सक्ने भएकोले यससंग सम्बद्ध संस्था तथा सरकारको ध्यान नपुगेको उहाँको भनाई थियो ।

ट्रस्टका अधक्ष्य तथा गैर आवासीय नेपाली संघ अफ्रिका क्षेत्रिय संयोजक हिक्मत थापाको सभापतित्वमा संचालित कार्यक्रममा पुर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक जगत बहादुर केसी, नेपाल सरकारका सुचना आयोगका कामु सचिव जिवनप्रभा लामा, केन्द्रिय प्रविधि क्याम्पस धरानका प्रमुख प्रोफेसर डा. धन बहादुर कार्की, नेपाल खाद्य बैज्ञानिक तथा प्राबिधिक संघका अध्यक्ष तिर्थ अधिकारीले कृषि प्रधान देशमा खाद्य प्रविधि भित्र्याउनु जरुरी रहेको औल्याएका थिए ।

ट्रस्टका उपाध्यक्ष हरिहर गुरागाईं, नेपाल उद्योग बाणिज्य महासंघका कार्यसमिति सदस्य राजकुमार भट्टराई, नेशनल कलेज अफ फूड साइन्सका प्राध्यापक भास्करमणि अधिकारी तथा नेपाल खाद्य प्रबिधि बिद्यार्थी संघ धरानका अध्यक्ष दिनेश सुवेदीले आ–आफ्नो धारणा राख्नुभएको थियो ।