९ कार्तिक २०८३, सोमबार

जातजाति भड्काउने अभिव्यक्तिले प्रचण्डलाई गलापासो लगाउँछ : उपसभापति पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramchandra-paudelकाठमाडौं, २७ माघ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले जातजाति भड्काउने एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले गलापासो लगाउने बताउनुभएको छ ।

जनता सचेत भइसकेको बताउदै जातजातिलाई राज्य दिन्छु भन्दै हिँड्ने एमाओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्ति अहिले उनकै लागि गलापासो भएको उहाँले बताउनुभयो ।

उहाँले एमाओवादी सहितको ३० दलिय मोर्चालाई आन्दोलन छाडेर वार्तामा आउन आग्रह गर्नुभएको छ ।

मुलुकमा संविधान निर्माणका लागि आन्दोलनबाट निकास नपाइने भन्दै विपक्षीलाई आन्दोलन छोडेर वार्ता र सहमतिमा आउन आग्रह गर्नुभएको हो ।

उपसभापति पौडेलले देशलाई सङ्कटबाट मुक्त गर्न आन्दोलन होइन वार्ता र सहमति आवश्यक छ भन्नुभयो ।

प्रधानमन्त्रीको लिखित वक्तव्यबाट उनीहरूलाई वार्तामा आउने प्रसस्त मार्ग मिलेको उहाँले बताउनुभयो ।