पर्वत, २७ माघ । पर्वत जिल्लामा सामाजिक सुरक्षा भत्ता वितरणमा वार्षिक रु एक करोडभन्दा बढी अनियमितता हुने गरेको गुनासो आएपछि बैंकबाटै वितरण गर्न थालिएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरणलाई थप पारदर्शी बनाउन जिल्ला विकास समिति पर्वतले कुस्मा नगरपालिका र ४२ वटै गाविसको सामाजिक सुरक्षाभत्ता बैंकबाटै वितरण गर्न थालेको हो ।
पर्वतका ४२ गाविस र कुस्मा नगरपालिकामा सामाजिक सुरक्षाभत्ता बैंकबाट वितरण गर्न सम्झौता भएको जिविसका सामाजिक विकास अधिकृत लीलाधर सुवेदीले जानकारी दिनुभयो ।
सबै क्षेत्रमा पायक पर्ने ठाउँका बैंकमा व्यक्तिगत खातामा रकम पठाउने व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।
यसअघि सामाजिक सुरक्षा भत्ता बुझ्नेको नाम अद्यावधिक नगरी नक्कली नाम राखेर रकम निकासा लिँदै आएको र कतिपय गाविसमा एउटै व्यक्तिको नाममा दोहोरो/तेहरो रकम निकासा लिएको समेत पाइएको थियो ।















प्रतिक्रिया