– डम्मरराज भट्ट
महेन्द्रनगर, २६ माघ । आगामी फागुन १४ गतेदेखि हुने महाकाली मेची योग जागरण यात्राको तयारी तीब पारिएको छ ।
पतञ्जली योगपीठ हरिद्वारका आर्युवेद शिरोमणी आचार्य बालकृष्णले जागरण यात्रा उदघाट्न गर्ने कार्यक्रम बनाइएको छ । महाकाली नदीबाट पानी बोकर सुरु हुने यात्रा काठमाडौंमा पुगेर समापन गरिने बताइएको छ ।
योग सम्बन्धी राष्ट्रव्यापी प्रचारका लागि आयोजना गरिने लागेको यात्राका लागि तयारी तीब्र बनाइएको पतञ्जली योग समिति कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशीले बताए । ‘समितिको सबै साथीलाई जिम्मेवारी दिएर तयारीमा जुटेका छौ’ उनले भने, ‘फागुन १४ गते भव्य रुपमा यात्रा सुरु हुनेछ ।’
समितिले पतञ्जली समितिका केन्द्रीय सदस्य लबराज भट्टको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ । यसैगरी जिल्ला अध्यक्ष जोशीको संयोजकत्वमा स्वागत, मदनराज पाण्डेको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ ।
१७ दिनसम्म चल्ने जागरण यात्राको महाकालीबाट उद्घाटनपछि महेन्द्रनगर बजारमा र्याली आयोजना गरिने कार्यक्रम बनाएको छ । आचार्य बालकृष्णलाई रथमा परिक्रमा गराइने अध्यक्ष जोशीले बताए । पूर्वको मेची नदी पुगेर यात्रा काठमाडौं आएर समापन गरिनेछ ।
















प्रतिक्रिया