– यमबहादुर बम
धनगढी, २६ माघ । सातौं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि धनगढीमा शुरु भएको छ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालययको स्वीकृत कार्यक्रम जिल्ला शिक्षा कार्यालय कैलालीसंगको समन्वयमा जिल्ला खेलकुद विकास समिति कैलालीको आयोजनामा सञ्चालित प्रतियोगिता मंगलबार (आज)सम्म चल्नेछ ।
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका संयोजक तथा जिल्ला शिक्षा समितिका अध्यक्ष कृष्णप्रसाद लम्सालको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन सशस्त्र प्रहरी बैद्यनाथ बाहिनी अत्तरियाका बाहिनीपति खडानन्द चौधरीले गरे ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले स्वागत गरेको कार्यक्रममा कैलाली खेलकुद विकास समितिका अध्यक्ष तिलक चौधरीले मन्तव्य व्यक्त गरेका थिए । उथ्लेक्टीस, भलिवल, करांते, तेकवान्दो र उसु खेलहरु समावेश भएको प्रतियोगितामा सोमबार सटफुट, एक हजार पााच सय मिटर दौड, त्रिपलजम्प, लंगजम्प र आठ सय मिटर छात्रछात्रा दौडको फाईनल भएको छ ।
दुई सय ६४ पदकका लागि जिल्लाका एक सय बढी विद्यालयका पाँच सय बढी खेलाडी विद्यार्थीहरुबीच प्रतिस्प्रधा भइरहेको छ ।
सोमवार भएको त्रिपलजम्पको फाईनलमा बसन्त मुरारी उच्चमावि बौनियाका सुनिल सुनार प्रथम भएका छन् । सोही खेलमा महुन्याल उच्चमावि भजनीका विकेन्द्र चौधरी द्वितिय र ठेकराज माविका दिनेश राना तृतिय भएका छन् ।
छात्रातर्फको त्रिपलजम्पमा लक्ष्मी उच्चमावि पृथ्वीपुरका अनिता चौधरी प्रथम, जनकल्याण उच्चमाविका दर्शना बुढामगर द्वितिय र राष्ट्रिय उच्चमावि थापापुरका रेखा थापा तृतिय भएका छन् ।
यसैगरी, सटफुट छात्रतर्फ राष्ट्रिय उच्चमावि सुखडका रुपेश चौधरी प्रथम, त्रिवेणी उच्चमाविका मानबहादुर विक द्वितिय र त्रिवेणीकै तपेन्द्र माझी तृतिय तथा छात्रातर्फको सटफुट प्रतियोगितामा जनता निमावि रामपुरकी संजिता चौधरी प्रथम, बालज्योती मावि दुर्गौलीकी रेशमा चौधरी द्वितिय र जनता निमावि रामपुरकी रिना चौधरी तृतिय भएका छन् ।
एक हजार पाँच सय मिटर दौडमा त्रिवेणी उच्चमाविका महेन्द्र जैशी प्रथम, सोही विद्यालयका मिनराज उपाध्याय द्वितिय र भवानी मावि गौरीपुरका कबिरसिंह पार्की तृतिय तथा छात्रातर्फ त्रिवेणी उच्चमाविका सुनिता माझी प्रथम, सोही विद्यालयकी दिपा अधिकारी द्वितीय र जनता निमावि रामपुरका बिमला साउँद तृतीय भएकी छिन ।













प्रतिक्रिया