२ कार्तिक २०८३, सोमबार

सशस्त्र प्रहरीद्धारा १५ लाखको चल्ला बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

challa– विवेक विश्वकर्मा
भैरहवा, माघ २६ । सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म रुपन्देहीको टोलीले अबैध रुपमा नेपाल भित्राउदै गरेको लाखौ मूल्यको प्रतिबन्धित कुखुराको चल्ला बरामद गरेको छ । बरामद गरेको चल्ला नष्ट समेत गरिएको छ ।

सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका प्रहरी नायव उपरीक्षक डिएसपी कमल तिमल्सिनाको नेतृत्वमा खटिएको गस्तीे टोलीले नेपाल भारत सीमा क्षेत्र नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १ गेरमीबाट ३ सय ६६ कार्टुन चल्ला बरामद गरेको हो ।

बरामद चल्लाको बजार मूल्य नेपालमा १५ लाख ३७ हजार २ सय रहेको छ । चल्ला पशु क्वाराइन्टाइन चेकपोस्ट बेलहियाका प्रमुख डा. हरि बहादुर कुवंर, सन्चारकर्मी, सरोकारवालाहरु तथा स्थानियको रोहबरमा नष्ट गरिएको छ ।

नेपालमा कुखुराको चल्ला भारतबाट ल्याउन प्रतिबन्धित भइरहेको अवस्थामा सशस्त्र प्रहरीको राजस्व गस्ती टोलीले हालसम्मको ठुलो परीमाणमा चल्ला बरामद गर्न सफल रहेको साथै सो चल्लाहरु बोइलर र कोइलर रहेको क्वाराइन्टाइनका प्रमुख डा. कुवंरले बताए ।