ललितपुर, २६ माघ । ललितपुरको पाटन सुन्धारादेखि महापालसम्मको एक किलोमिटर सडक एकतर्फी बनाइएको छ ।
ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेंथुका अनुसार अत्यन्तै साँगुरो सडक भएकाले, यातायातको साधनको चापले गर्दा आवतजावत गर्न कठिन र निकै जाम पर्नेहुँदा स्थानीयको अनुरोधमा आइतबारदेखि बाटो एकतर्फी बनाइएको हो ।
साँगुरो बाटोका कारण दुर्घटना बढेकाले दुर्घटना नियन्त्रण गर्न पनि बाटो एकतर्फी बनाउन आवश्यक रहेको प्रमुख हाछेँथुले बताउनुभयो ।
यातायातका साधन निकै जाम हुने समय बिहान ८ देखि बेलुका ८ बजेसम्मका लागि मोटरसाइकलबाहेक अन्य यातायात साधनका लागि यो नियम लागू हुनेछ ।
नियमअनुसार एउटा चारपाङ्ग्रे गाडीका लागि कम्तिमा पनि सात फिटको बाटो आवश्यक पर्ने भए पनि त्यहाँको सडक आठ फिटको मात्र रहेको छ ।
सडक साँगुरो भए पनि त्यस स्थानमा यातायातका साधनको निकै चाप छ त्यहाँ एक मिनेटमा मोटरसाइकल ३० वटासम्म चल्छन् भने अन्य गाडी २० वटासम्म चल्ने गरेका छन् ।















प्रतिक्रिया