२ कार्तिक २०८३, सोमबार

संविधान लेखनमा एमाओवादी जिम्मेवार हुनुपर्छ : नेत्री कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sujata-koiralaकाठमाडौँ, २६ माघ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले शान्ति प्रक्रियाको एक हिस्सा एमाओवादी भएकाले संविधान लेखनमा एमाओवादी गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालाले एमाओवादी संविधान निर्माण प्रक्रियामा सहभागी भएर मुलुकलाई शान्ति र संविधानका साथ लोकतान्त्रिक प्रक्रियाबाट निकास दिनुपर्दछ भन्नुभयो ।

उहाँले तत्कालीन समयमा १२ बुँदे सहमति र विस्तृत शान्ति सम्झौतामा सात दलको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरेको स्मरण गराउँदै तत्कालीन विद्रोही शक्तिको नेतृत्व माओवादी अध्यक्ष दाहालले गरेकाले माओवादी लोकतान्त्रिक प्रक्रियाबाट भाग्न नमिल्ने बताउनुभयो ।

नेत्री कोइरालाले सहमतिका लागि प्रधानमन्त्रीले थाल्नुभएको सहमतिको प्रयास सराहनीय रहेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य र मान्यतालाई सबै राजनीतिक दलले स्वीकार्नुपर्नेमा जोड दिनुभयो । रासस